विमानस्थलका कर्मचारीसँग पर्यटनमन्त्री किराँतीका १२ प्रश्न


टुरिजम पाना काठमाडौं । १६ चैत्र २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग आकस्मिक बैठक बसी विभिन्न प्रश्नहरुको जवाफ मागेका छन् ।

आज (बुधबार) मन्त्री किराँतीले आफूले विमानस्थलका कर्मचारीबाट उत्तर बोलेर र लेखेर नभएर मरिणाममा खोजेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको छु । अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु ।’

उनले व्यागेज चोरिएको घटनाहरु सत्य हो ?, अराइभलमा यात्रु लड्ने बिधुतिय भर्‍याङ्ग के हुँदैछ ?, कहिले सम्म बनि सक्छ ?, र समयमा जहाज उड्दैछ कि छैन ? लगायतका बिषयको जवाफ मागेका हुन् ।

१, व्यागेज चोरिएको घटनाहरु सत्य हो ?
२, अराइभलमा यात्रु लड्ने बिधुतिय भर्याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ?
३, सरसफाई अभियान के कस्तो चल्दै छ ?
४, समयमा जहाज उड्दैछ कि छैन ?
५, यात्रु मैत्री एर्यपोर्ट बन्दै छ कि छैन ?
६, एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ?
७, ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?
८, सौचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?
९, महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?
१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?
११, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?
१२, एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?
१६ चैत्र २०७९