अजयकुमार होलिडे इन रिसोर्ट काठमाडौं बुढानीलकण्ठका महाप्रबन्धक


टुरिजम पाना काठमाडौँ । २३ फाल्गुन २०८१

होलिडे इन रिसोर्ट काठमाडौँ बुढानीलकण्ठले अजय कुमारलाई महाप्रबन्धकमा नियुक्त गरेको छ । ११ वर्षभन्दा लामो समयदेखि प्रतिष्ठित आतिथ्य ब्राण्डमा कार्यानुभव हासिल गरेका अजयसँग स्तरीय होटल संचालन, अतिथि अनुभव अभिवृद्धि र रणनीतिक नेतृत्वको ज्ञान रहेको बताइएको छ ।

उनले होटल संचालन निर्देशकको रुपमा काम गरी होटललाई उत्कृष्ट बनाउन पहल गरेको बताइएको छ । उनको रणनीतिक दूरदृष्टि र अतुलनीय सेवा उत्कृष्टता प्रतिको प्रतिबद्धताले होलिडे इन रिसोर्ट काठमाडौँ बुढानिलकण्ठलाई थप बलियो बनाउनेछ होटलले आफ्नो घोषणा बक्तव्यमा उल्लेख गरेको छ ।

२३ फाल्गुन २०८१