आध्यात्मिक पर्यटक बनेर नेपाल आए आमिर खान


टुरिजम पाना संवाददाता काठमाडौं । २४ बैशाख २०८०

बलिउड अभिनेता आमिर खान आध्यात्मिक पर्यटक बनेर नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेका हुन् ।

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रले जनाएको छ ।
आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहनेछन् ।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

 

२४ बैशाख २०८०