होलीको अवसरमा क्लिफमा समर्पण ब्याण्डको लाइभ म्युजिक


टुरिजम पाना संवाददाता काठमाडौं । २३ फाल्गुन २०७९

साहसिक पर्यटनका लागि लोकप्रिय कम्पनी द क्लिफ नेपालले फागु पूर्णिमाको अवसरमा सोमबारदेखि लाइभ म्युजिक कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले सोमबार होलीको दिनदेखि समर्पण ब्याण्डको लाइभ म्युजिक प्रस्तुत गरेको हो । कार्यक्रम फागुन २२ देखि फागुन २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

द क्लिफ राजु कार्की नेतृत्वको टिमले पर्वतको कुष्मामा स्काई ग्लाईडिंग, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफे लगायतका साहसिक गतिविधि सञ्चालन गरिरहेको छ । सोमबार पहाडमा मनाइएको फागु पूर्णिमा मंगलबार तराइमा मनाइँदैछ ।

२३ फाल्गुन २०७९