लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण


टुरिजम पाना संवाददाता काठमाडौं । १४ पुष २०८१

लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ ।

हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन-एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौं आउँदै थियो। सोही क्रममा ११ बजेर २ मिनेट जाँदा नलिन्चोक भन्दा एक माइल पूर्व आकासमा चरा हेलिकप्टरमा ठोक्किएको थियो। चरा ठोक्किएपछि पाइलट म्याक्सले बनेपास्थित एक खेतमा हेलिकप्टरलाई आकस्मिक अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए।

 

१४ पुष २०८१