पोखरा सडक महोत्सवको प्रचारप्रसारका लागि हाईकिङ


टुरिजम पाना पोखरा । ४ पुष २०७९

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान)ले अगेंजी नयाँ बर्षको अवसरमा पोखराको लेकसाइडमा यही पुष १३ देखि १७ गतेसम्म आयोजना हुने सडक महोत्सवको प्रबद्र्धन गर्न कास्कीमा हाईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वसन्ध्यामा प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्यका लागि हाईकिङ भन्ने नारासहित हाईकिङ कार्यक्रम सम्पन्न गरेको हो ।

पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अस्ट्रेलियन बेस क्याम्प हुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरेको रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।

कार्यक्रममा पोखरामा क्रियाशील झण्डै २ दर्जन पत्रकारसहित आयोजक रेवान पोखराको टोली सहभागीता रहेको थियो । अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले यही पुष १३ देखि १७ गते सम्म पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना गर्दै आएको छ ।

४ पुष २०७९