मुस्ताङमा पर्यटन व्यवसायी गौचन विजयी


टुरिजम पाना मुस्ताङ । ५ मंसिर २०७९
mustang yogesh gauchan thakali

नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ ।

नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराउँदै नेपाली कांग्रेसका उम्मेदवार एवं पर्यटन व्यवसायी योगेश गौचन थकाली मुस्ताङबाट विजयी भएका हुन् ।

योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।

कांग्रेसको राजनीतिसँगै पर्यटन व्यवसायीको समेत छवि बनाएका योगेश गौचन थकाली मुस्ताङमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका थिए ।

रोमी गौचन थकालीले आफू चुनाव लड्दै आएको क्षेत्रमा युवालाई प्रोत्साहन गर्नुपर्ने भन्दै आफ्नै छोरा २८ वर्षीय गौचनलाई उम्मेदवार बनाएका थिए ।

गौचन उनी परम्परागत होटल व्यावसायदेखि पर्यटन व्यवसायमा जोडिएका थिए । पर्यटकीय नगरी पोखरामा त्रिथुङ्गा टुर्स एण्ड टाभल्स प्राइभेट लिमिटेड कम्पनी सञ्चालन गरिरहेका योगेश हजुरबुवाको पालादेखि जोमसोममा सञ्चालनमा रहेको कालापानी गेष्ट हाउसको म्यानेजिङ डाइरेक्टर हुन् ।

५ मंसिर २०७९