नेपाल एयरलाइन्सको उडान ११ घण्टा डिले, २६६ यात्रु अलपत्र


टुरिजम पाना काठमाडौं । १९ चैत्र २०७९
bayu sewa nigam
फाइल तस्वीर

नेपाल एयरलाइन्सको काठमाडौंदेखि दुबईको उडान ११ घण्टा ढिला भएको छ।

उडानका क्रममा तोकिएका पाइलट बिरामी परेपछि शनिबार राति १२ बजेट उड्नुपर्ने नेपाल वायु सेवा निगमको आर ए२२९ उडान नम्बरको विमान ढिला भएको हो। विमानस्थल स्रोतका अनुसार आइतबार बिहान करिब ११ बजे उक्त विमानको ‘डोर क्लोज’ गरी दुबई उड्ने क्रममा छ।

तोकिएका पाइलटले बिरामी भएको रिर्पोटिङ समेत गरिएको भएपनि विकल्पमा अर्को पाइलट उपलब्ध नभएपछि ११ घण्टा डिले हुन पुगेको हो । यो विमानबाट २६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए।

उनीहरूलाई राति विभिन्न होटेलमा राखिएको थियो।

१९ चैत्र २०७९