नेपाल चीन चेम्बर गण्डकी प्रदेशको अध्यक्षमा वैभव पौडेल


टुरिजम पाना पोखरा । १२ मंसिर २०७९
baibob poudel pokhara

पोखराका पर्यटन व्यवसायी एवं उद्योगी वैभव पौडल नेपाल चीन उद्योग वाणिज्य संघ गण्डकी प्रदेश समितिको अध्यक्ष पदमा मनोनित भएका छन् ।

संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनित गरिएको हो ।

नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्षसमेत रहेका पर्यटन व्यवसायी पौडेल होटल बाराही, बाराही हस्पिटालिटी, बाराही जंगल लज, बब्स जिम, बिच बार एन्ड लज, ब्यञ्जन रेष्टुरेन्टका सञ्चालक हुन् ।

गण्डकी प्रदेशमा बढ्दै गएको चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई ध्यानमा राख्दै नेपाल चीन उद्योग वाणिज्य संघले पहिलो प्रादेशिक च्याप्टर गण्डकी प्रदेशमै गठन गरेको हो ।

१२ मंसिर २०७९