निर्मल पुर्जा र घरधनीबीचको विवाद मिलेरै सल्टाउन जिल्ला अदालतले दियो १५ दिनको समय


टुरिजम पाना संवाददाता काठमाडौं । २२ जेष्ठ २०८१

जिल्ला अदालत काठमाडौंले इलाईट हिमालयन एड्भेञ्चर्स प्रालिका सञ्चालक एवम् कीर्तिमानी आरोही निर्मल पुर्जा र घरधनी टंक घिसिङलाई मेलमिलापका लागि भन्दै १५ दिनको समय दिएको छ ।

घिसिङको बुढानीलकण्ठ स्थित घरमा रहेको एड्भेञ्चर्सको कार्यालयमा २०७९ असोज ६ मा भएको आगलागीको क्षतिपूर्तिबारे विवादमा सकेसम्म मेलमिलापमार्फत क्षतिपूर्ति मिलाउन अदालतले समय दिएको हो ।

प्राविधिक इन्जिनियर सहितको मूल्यांकनमा समग्रमा करिब ३ करोड ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएकाले सोही बराबरको रकम बुझिलिने सहमति कम्पनी र घरधनीबीच गरिएको घरधनीले बताउँदै आएका छन् ।

तर एक करोड रुपैयाँ मात्रै तिर्न सकिने पुर्जाको कम्पनीले प्रेस विज्ञप्ति जारी गरी बताएको थियो । यद्यपी त्यसबारे केही जानकारी नपाएको घरधनीले बताउँदै आएका छन् ।

त्यसपश्चात पटक पटक पुर्जा र घरधनी घिसिङबीच छलफल भएपनि रकम नपाउँदा घरबेटीले अदालतमा मुद्धा दर्ता गरेका थिए ।

सोही मुद्दामा बहस पश्चात अदालतले आइतबार दुवै पक्षलाई सम्भव भएसम्म मिलेर आउन १५ दिनको समय दिएको हो ।

निर्मल पुर्जाको कम्पनीले भन्यो : घरधनीले भ्रमपूर्ण हल्ला फिँजाए

२२ जेष्ठ २०८१