५५ सयमै स्याङजाको मनस्याङकोटमा प्याराग्लाइडिङको मज्जा


टुरिजम पाना स्याङजा । २७ मंसिर २०७९
paragliding at Syangja Mansangkot

स्याङजाको वालिङ नगरपालिका–१ मनस्याङकोटबाट प्याराग्लाइडिङको व्यवसायिक उडान हुने भएको छ ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले गर्न लागेको व्यवसायिक उडानको कानुनी रुपमा सबै प्रक्रिया पुरा भएको कम्पनीले जनाएको छ । सम्पूर्ण तयारी सकिएकोले आगामी अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी उडान शुरु गरिने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले टुरिजमपानालाई बताए ।

मनस्याङकोटको डाडाँमा टेक अप रहेको प्याराग्लाइडिङको ल्याण्डिङ आधिखोला किनारमा हुनेछ । अन्नपूर्ण हिमश्रृंखला र धवलागिरी हिमाल सहित आँधीखोलाको  र आसपासको फाँट तथा वालिङ बजार समेत अवलोकन गर्न सकिन्छ। सिद्धार्थ राजमार्ग भएर स्याङ्जाको भूमिमा पाइला टेक्ने पर्यकलाई स्याङ्जामा केहि समय भएपनि रोक्न र जिल्लाको पर्यटनलाई टेवा पुर्‍याउनका लागि प्याराग्लाइडिङ सञ्चालनमा ल्याईएको सुनुवार बताउँछन् ।

paragliding at Syangja Mansangkot

‘पोखरा भन्दा फरक ठाउँको अनुुभव दिलाउन र पोखरामा विशेष कारणले प्याराग्लाइडिङ छुटेकालाई आकर्षित गर्नका लागि यसले सघाउ पुर्‍याउँछ’ उनले भने । ६ देखि ७ जनासम्म पाइलटले उडान भर्न मिल्ने गरि अनुमति लिएको यहाँ पर्यटकले सस्तो दरमै प्याराग्लाइडिङमा उड्न पाउने छन् । सिद्धार्थ राजमार्गबाट नजिकको मनस्याङकोट वालिङदेखि पाँचकिलोमिटर माथि पर्दछ ।

कम्पनीका अनुसार विदेशी र नेपाली दुबै नागरिकलाई ५ हजार ५ सय शुल्क तोकिएको छ भने १० जना भन्दा वढीको समूहमा आउने र विद्यार्थीले भने त्यसमा १ हजार छुट पाउने छन् ।

बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले विगत ९ बर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानम प्याराग्ग्लाइडिङ स्कुल चलाइरहेको छ।

२७ मंसिर २०७९