पोखराको जिपलाइन विश्वकै भिरालो र अग्लो प्रमाणित


टुरिजम पाना पोखरा । ९ पुष २०७९

पोखरामा हाइग्राउण्ड एडभेन्चर्स प्रा.लि.ले सञ्चालन गरेको जिपलाइन विश्वकै भिरालो र अग्लो जीपलाइन प्रमाणित भएको छ ।

प्रा.लि.ले विश्वकै सराङ्कोटदेखि हेम्जासम्म सञ्चालन गरेको जिपलाइन विश्वकै उत्कृष्ट नामले चिनिदैं आएको भएपनि आधिकारिक रुपमा विश्वकै भिरालो र अग्लो जिपलाइन प्रमाणपत्र प्राप्त गरेको हो । उक्त विश्व रेकर्डको प्रमाणपत्र लिदैं निर्देशक दिनेश महर्जनले यसले आफूहरुलाई थप खुसी मिलेको बताए ।

समुद्री सतहदेखि १५ सय ५० मिटरको उचाइमा रहेको सराङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरीमा छ । एक हजार ८५० मिटर दूरीको जीपलाइनमा पार गर्न अधिकतम समय एक मिनेट लाग्छ ।

माछापुच्छेको दृश्य र हेम्जा फाँटको ग्राउण्ड स्टेशन रहेको र हिमाल दृश्यावलोकन गर्न पाउँदा पर्यटक रमाउँछन् । अहिले कम्पनीले क्लासिकसँगै सुपरम्यान जिपलाइन समेत गराउँदै आएको छ।

९ पुष २०७९