स्याङ्जा पुगेर कतारकी अधिराजकुमारीले सिकिन् प्याराग्लाइडिङ उडान


टुरिजम पाना स्याङजा । १५ चैत्र २०७९

नेपालको भ्रमणमा रहेकी कतारकी अधिराजकुमारी (राजपरिवार सदस्य) अस्मा अल थानीले स्याङ्जामा प्याराग्लाइडिङ उडानको तालिम लिएकी छिन् ।

उनले केहीदिन अघि स्याङजाको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षण तालिम दिएकी हुन् । एक्लै उड्न र सुरक्षित रुपमा अवतरण गर्न सक्ने गरि स्याङजाको भीरकोटस्थित द बाबु एडभेन्चर इन्टरनेशनल स्कुलमा उनले प्रशिक्षण लिएकी सञ्चालक सानु बाबु सुनारले टुरिजमपानालाई बताए ।

भीरकोट नगरपालिका–५ महापुर मैदानको शीरकोटबाट उडेर उनले वालिङ नगरपालिका–१ दौवाफाँटमा अवतरण गर्दै थानीले सोलो उडान प्याराग्लाइडिङ उडानको एकसाता अवधिको आधारभूत पाइलट प्रशिक्षण पुरा गरेको सुनुवारले बताए।

तालिम लिएर एक्लै उड्न र सुरक्षित रुपमा अवतरण गर्न सक्ने गरि सक्षम बनेर अधिराजकुमारी थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणमा निस्केकी छिन्।

१५ चैत्र २०७९