अब मोबाइलमै हेर्न सकिन्छ कहाँ आइपुग्यो साझा यातायात


काठमाडौं उपत्यकामा लोकप्रिय रहेको साझा यातायातले मोबाइलबाटै आफ्नो बस रुट अनुसार खोज्न मिल्ने सुविधा विस्तार गरेको छ ।

नयाँ सुविधा अन्तर्गत साझा बसले मोबाइल एपमार्फत साझाका बसहरू कहाँ कहाँ छन्, त्यसलाई लाइभ हेर्न सकिने व्यवस्था मिलाएको हो ।

यसका लागि कम्पनीले मोबाइल एप ‘साझा प्लस’ सार्वजनिक गरेको छ । जुन एप्लिकेसनबाट यात्रुहरूले साझा यातायात बसहरू रुटअनुसार हेर्न, बसहरूको लाइभ ट्र्याक, साझा यातायात बसहरूको नजिकको स्टपहरू थाहा पाउन, बस स्टपहरूबाट नजिक पुग्ने समय अनुमान गर्न सकिने कम्पनीले जनाएको छ ।

साझा प्लस एप गुगल प्लेस्टोरबाट सहजै डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

१३ माघ २०७९