सानिमा बैंकले १८ जोडीलाई सौराहा घुमाउने


टुरिजम पाना काठमाडाैं । २१ मंसिर २०७९
sanima bank

सानिमा बैंकले बुधबार १८ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा सानिमा बैंकले एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ योजनाअन्तर्गत १८ जना जोडीले सौराहा घुम्ने अवसर पाउनेछन् । जसमा ग्राहकहरुले मोबाइल बैंकिङबाट विभिन्न ५ वटा शिर्षकमा २०० भन्दा बढी कारोबार गरेका र कम्तिमा एउटा टपअप समावेश भएको हुनुपर्ने छ ।

ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्टका कारोबार गर्न सक्नेछन् ।

यो योजना मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजनाअवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङमार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ ।

२१ मंसिर २०७९