आज श्री एयरलाइन्सका सबै उडान स्थगित


टुरिजम पाना संवाददाता काठमाडौं । १७ असार २०८०
फाइल तस्वीर

श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ ।

सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ ।

शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले एयरलाइन्सले जनाएको छ ।

१७ असार २०८०