दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु


टुरिजम पाना संवाददाता काठमाडौं । १४ पुष २०८१

काठमाडौं। दक्षिण कोरियामा आइतबार बिहान विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १७९ पुगेको छ। विमानमा ६ चालक दलको सदस्यसहित १८१ जना थिए। घटनामा दुई जनाको जीवितै उद्धार गरिएको थियो। उनीहरू एक जना चालक दलका सदस्य र एक जना यात्रु रहेको समाचारमा जनाइएको छ। उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन। विमान धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किदा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान ठोक्किएपछि आगो लागेको थियो ।

 

१४ पुष २०८१