तारे होटलले अब पाउने भए उद्योगको मान्यता


टुरिजम पाना काठमाडौं । १ माघ २०८१

लामो समयको रस्साकस्सीपछि अन्ततः होटलहरुले अब उद्योगको मान्यता पाउने भएका छन् ।  सरकारले औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा राखेको हो।

सत्ता साझेदार नेपाली कांग्रेस तथा नेकपा एमालेले गठन गरेको व्यवसायिक वातावरण सुधारका लागि कानून सुधार कार्यदलको सिफारिस बमोजिम सरकारले अघि बढाएको विभिन्न अध्यादेशमा औद्योगिक व्यवसाय ऐन २०७६ को संशोधन प्रस्तावमा तारे होटल र पर्यटन रिसोर्टलाई वर्गीकृत गरेको हो।

मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश पास भए पनि पारितका लागि राष्ट्रपति कार्यालयमा पठाउन बाँकी छ। यदि, मन्त्रिपरिषदले पठाएको प्रस्तावमा कुनै पनि फेरबदल नभई प्रमाणीकरण भए तारे होटल र पर्यटन रिसोर्टले उत्पादनमूलक उद्योगको मान्यता पाउने छन्।

होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगमा राख्ने प्रतिबद्धता आए पनि ऐन संशोधन भने हुन सकेको थिएन। तर, सरकारले अहिले ऐननै संशोधन गरी तारे होटललाई उत्पादनमूलक उद्योगमा राख्ने र त्यहीअनुसारको सेवा सुविधा दिने व्यवस्था गरेको हो।

अर्बौं लगानी गर्दै लाखौँलाई रोजगारी दिँदै आए पनि उद्योगको मान्यता नदिएको भन्दै वर्षौंदेखि सरकारसँग उत्पादनमूलक क्षेत्रमा पारिदिन लविङ भैरहेको थियो ।

१ माघ २०८१