टानकाे लेखा परिक्षणमा कर कार्यालयले छानबिन गर्ने, काट्याे १५ दिने पत्र


टुरिजम पाना काठमाडाैं । ३० कार्तिक २०७९
Taan

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई आन्तरिक राजस्व कार्यालय पुतलीसडकले लेखा परीक्षणका विषयमा अनुसन्धान गर्नका लागि पत्र काटेकाे छ ।

राजस्व कार्यालय पुतलीसडकले कर परीक्षणकाे विषयमा अनुसन्धान गर्नुपर्ने देखिएकाेले २०७५/७६ काे आवश्यक कागजातसहित १५ दिनभित्र बाेलाईएकाे कर कार्यालय पुतलीसडकका प्रमुख गजेन्द्र प्रसाद यादवले जानकारी दिए ।

आवश्यक कागजात आएपछि बिस्तृत छानबिन प्रकिया अगाडि बढाउने यादवले बताए । कर कार्यालयकाे याे पत्रले टानभित्र आर्थिक पारदर्शिता नभएकाे बुझ्न सकिन्छ । २०७५,२०७६ मा टानको अध्यक्ष नवराज दाहाल , महासचिव आङ पेम्बा शेर्पा र कोषाध्यक्ष राम कृष्ण तिमल्सिना रहेका थिए ।

३० कार्तिक २०७९