थाइ एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट बैंकक जाने भाडा तोकेको छ।
भैरहवाबाट बैंकक जान १२ हजार ९९० रूपैयाँ पर्नेछ । यो भाडादरमा जनवरी २६ सम्म टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ । कम्पनीले बुकिङ पिरियड राखेर वेबसाइट तथा समाजिक सञ्जालमा भाडादरमा टिकट बिक्रीका लागि राखेको छ ।
थाइ एयरले गत कात्तिक १८ गतेदेखि भैरहवा विमानस्थलबाट नियमित उडान सुरू गरेको थियो । नियमित उडान थाल्ने तयारीसँगै थाइले सस्तोमा टिकट बिक्रीका लागि राखेको हो । यात्रुले फेब्रुअरी ३ देखि मार्च २९ सम्म यात्रा गर्न सक्नेछन् ।
थाइले भिजिबिलिटीका कारण गत मंसिर २ गतेदेखि नियमित उडान रोकेको थियो । अब भने फेब्रुअरीबाट नियमित थाल्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ ।