पर्यटन कार्यालय सौराहाको आयोजनामा मेघौलिमा सम्पन्न दुई दिने नेचर गाइड अभिमुखिकरण तालीम तथा जैविक विविधता अवलोकन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेम प्रसाद ढकालको अध्यक्षतामा भएको थियो भने थारु संग्रहालयका संयोजक मायाराम चौधरी प्रमुख अतिथि थिए। कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
दुई दिने तालिमको पहिलो दिन पक्षी तथा जैविक विविधता सम्बन्धी सैद्धान्तिक प्रस्तुति दिइएको थियो। दोस्रो दिन कुमाल ताल, बिसहजारी ताल र बाटुली पोखरी क्षेत्रको अवलोकन गरी सहभागीहरूलाई जैविक विविधताको प्रत्यक्ष अनुभव प्रदान गरिएको थियो।
करिब ५० जना नेचर गाइडहरूको सहभागिता रहेको तालिमले उनीहरूको सीप र ज्ञान अभिवृद्धिमा टेवा पुर्याएको आयोजकको भनाइ छ। बाराही जंगल लज, ताज सफारी, सिद्धार्थ वाइल्डलाइफ रिट्रीट तथा कसरा पर्यटन विकास समितिले सहभागीहरूको अवलोकन यात्राका लागि सवारी साधनको व्यवस्थापन गरेका थिए।