काठमाडौंका डान्स बार र दोहोरी राती २ बजेसम्म खुल्ने


टुरिजम पाना काठमाडौं । १५ मंसिर २०७९
Doharai Tika sanu

काठमाडौंमा सञ्चालित डान्स बार, दोहोरी रेष्टुरेण्ट, लाउन्ज, पब र बारहरु बिहानको २ बजेसम्म खोल्न पाइने भएको छ ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यक्षको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रेष्टुरेण्ट, बार तथा दोहोरी क्लब र नाइट क्लब खुला गर्ने समयमा परिवर्तन गरेको हो ।

त्यसैगरी रेष्टुरेण्टहरू रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यसअघि राती १० बजेसम्म मात्रै खुला गर्न पाउने रेष्टुरेण्टलाई १२ बजेसम्म खुला गर्न पाउने बनाइएको हो । रेष्टुरेण्ट व्यवसायीबाट व्यापक गुनासो आएपछि रातको १२ बजेसम्म खुला गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

यस्तै बोतलबन्दी वा बिर्कोसहित बिक्री हुने मदिरा पसलहरू रातको १० बजेसम्म मात्रै खुला गर्न पाइने छ । डिजेसहितको नाइट क्लब भने बिहानको ४ बजेसम्म खुला राख्न छुट दिईएको छ ।

यसअघि रात्रीकालीन व्यवसाय भनेर सबैलाई बिहानको २ बजेसम्म मात्रै खुला राख्न पाउने निर्णय गरिएको थियो ।

१५ मंसिर २०७९