११ महिनामा साढे ५ लाख पर्यटक नेपाल भित्रिए


टुरिजम पाना काठमाडौं । १५ मंसिर २०७९
punhill and ghorepani

सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन्। पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म ५ लाख ४६ हजार २१३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका अनुसार नोभेम्बरमा ७२ हजार ६५३ जना पर्यटक भित्रिएका छन्। नोभेम्बरमा नेपाल भ्रमणमा आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। तथ्यांकअनुसार भारतबाट २० हजार ५३२ जना पर्यटक नेपाल भित्रिएका हुन्।

त्यस्तै, अमेरिकाबाट ७ हजार ८३१, बेलायतबाट ५ हजार १६५, अस्ट्रेलियाबाट ३ हजार ३७५, बंगलादेशबाट २ हजार २१८, क्यानडाबाट १ हजार १८४ र चीनबाट १ हजार ३८ जना पर्यटक भित्रिएका छन्।

१५ मंसिर २०७९