अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी, अन्तर्राष्ट्रिय उडान प्रभावित


टुरिजम पाना काठमाडौं । २८ बैशाख २०८३

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टीके–७२६ विमान अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पौने ७ बजे भएको उक्त घटनापछि विमान धावनमार्गमै रोकिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । विमानमा रहेका चार बालबालिकासहित २७७ यात्रुलाई इमर्जेन्सी ढोकामार्फत सुरक्षित उद्धार गरिएको थियो । उद्धारका क्रममा केही यात्रु सामान्य घाइते भएका छन् ।

घटनापछि विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरूको नियमित अवतरण तथा उडान तालिका प्रभावित भएको छ ।

२८ बैशाख २०८३