पोखरामा ‘रैथाने भोजन सप्ताह एवं मःम जात्रा’ आयोजना हुने


टुरिजम पाना कास्की । ९ मंसिर २०७९
Nepasa Bhojan

पोखरामा पर्यटन प्रवद्र्धन र नेपाली रैथाने, जीवनशैलीलाई विश्वव्यापीकरण गर्नका लागि ‘सप्ताह व्यापी रैथाने भोजन सप्ताह एवं मःम जात्रा-२०७९’ आयोजना हुने भएको छ ।

मंसिर १० देखि शुरु हुने भोजन सप्ताहमा नेपाली खाना, जीवन शैली र संस्कृतिलाई प्रबद्र्धन गरिने छ । नेपाली साथीको खाजा घर (नेपासा) को चौथो वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको नेपासाका सञ्चालक कुशबहादुर भुजेलले बताए ।

रैथाने परिकारहरुमा पूर्वी नेपालका राई लिम्वु जातीका खाना, जिरो क्यालोरीका मःम लोप हुँदै गरेका नेवारी खाना, प्राचिन शासक वर्गका रेसिपी, सिस्नोको आईसक्रिम र विभिन्न १५ प्रकारका परिकार रहने पनि भुजेलले बताए ।

इभेन्टमा सहभागी हुनेहरुमध्ये गोलाप्रथाद्वारा विजेता बन्ने दुई जनालाई लेकसाइडस्थित होटल रानीबन आर्केडमा १ रात दुई दिन खाना बस्नको सुविधा दिइने पनि जनाइएको छ।

भाग्यशाली विजेतालाई फेवातालमा डुंगा सयर गराइने पनि आयोजकले जानकारी दिएको छ । नेपासा भोजन पर्यटकीय नगरी पोखराको हिमाली टोलमा रहेको छ ।

९ मंसिर २०७९