फेवा किनारमा दुर्गा आरती

पछिल्लो समय आरतीमा विदेशी पर्यटक पनि रमाउन थालेका छन्


टुरिजम पाना पाेखरा । २३ आश्विन २०७९
aarati at barahi tample

फेवा तालको छेउमा, तालबाराही मन्दिर अगाडि चार वर्षदेखि नवदुर्गा आरती हुँदै आएको छ । हरेक दिन बेलुका तालको किनारमा आरती हुन्छ । बेलुका डुंगा चढेर मन्दिर पुग्न सहज नहुने भएका कारण तालको छेउमै आरती सुरू गरिएको महागुरु मदन न्यौपाने बताउँछन् ।

२०७५ सालको असोज २४ मा घटस्थापनाको दिनबाट आरती सुरू गरिएको हो । त्यहाँ घाम अस्ताउने बेलामा आरती सुरू हुन्छ र ४५ मिनेटसम्म रहन्छ । प्रायः तीन वटा आरती बालिन्छ भने वर्षायाममा एउटामात्रै बालिन्छ ।

पछिल्लो समय आरतीमा विदेशी पर्यटक पनि रमाउन थालेका छन् । बनारसबाट आएका महागुरु न्यौपानेले आरतीको सुरूवात गरेका हुन् । बनारसबाट पढेर आएका र त्यही पोखराका ३ जना गुरुहरूले आरती सञ्चालन गर्छन् ।

आरतीमा धेरै मानिसहरू कर्ता बस्न पनि मन पराउँछन् । कर्ता बस्नका लागि त्यहाँ ११ सय रुपैयाँ तिर्नुपर्छ । आरती हेर्न त्यहाँ विदेशी तथा स्वदेशी पर्यटकहरू भेला हुन्छन् । त्यसमा नेपाली र भारतीय पर्यटकको विशेष भीड लाग्ने गर्छ ।

तस्वीरहरु: रोहित गिरी

aarati at fewa lake

aarati at fewa lake , taal barahi tample

aarati at fewa lake

aarati at fewa lake

aarati at fewa lake

२३ आश्विन २०७९