नेवाः हरुको प्रेम दिवस, मेयर बालेनले दिए पत्नीलाई शुभकामना


टुरिजम पाना काठमाडौं । २३ मंसिर २०७९
Balen saha

आज नेवाः हरुको प्रेम दिवस अर्थात् मतिना पारु। नेवाः समुदायमा यःमरी पून्हीको आफ्नै विशेषता र महत्व भएजस्तैअर्को विशेषता भनेको युवायुवती हरु बिच प्रेम प्रस्फुटन हुनु पनि हो । मध्ययुग मा युवायुवतीबीच निकटता हुन कठिन हुने हुँदा, यस किसिमका पर्वहरुले युवायुवतीबीच आकर्षण पैदा गर्थ्यो।

कतै अचानक देखिएकी वा साथी भाइको निकट सम्बन्ध भएकी युवतीप्रति एकोहोरो चाहना जन्मिएपछि प्रेमको अङ्कुरण, यःमरी पून्हीको साँझ मनाइने त्यः छिं त्यः फ्वनेगु ज्याझ्यः अर्थात घर घर यःमरी माग्न जाने उत्सवमा हुने गर्दथ्यो । साथी भाइको साथ युवतीको घर जाने र गीत गाएर जिस्काउने गरिन्थ्यो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुक पेजमा यस पर्वको बारेमा जानकारी दिदैं युवतीको मनमा पनि प्रेमिल भावको अङ्कुरण भएमा मन्दिर जाने बहानामा भोलिपल्ट भेटघाट गर्ने गरेको र त्यसैले यःमरी पून्हीको भोलिपल्टको दिनलाई मतिना पारु भन्ने गरिएको हो । मतिनाको अर्थ प्रेम हो भने पारु पूर्णिमाको भोलिपल्टको दिन हो । तसर्थ यस दिनलाई प्रेम दिवसको रुपमा लिईने गरिएको बालेनले जानकारी दिएका छन् ।

यसै अवसरमा बालेन ले आफ्नो फेसबुक पेजमा आफ्नी पत्नी सबिना खको तस्वीर यस पर्वको बारेमा प्रष्टाउँदै शुभकामना समेत दिएका हुन् ।

२३ मंसिर २०७९