माघे संक्रान्तिको दिन पर्यटकीय बन्दिपुरको कुकुर्दिमा गोरु जुधाईने


टुरिजम पाना तनहुँ । २६ पुष २०७९
फाइल तस्वीर

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं २ को कुकुर्दिमा माघे संक्रान्ति पर्वको अवसरमा गोरु जुधाईने भएको छ ।

नेपालीहरुको मुख्य पर्वको रुपमा लिईने माघे संक्रान्ति पर्वको अवसरमा गाउँपालिकाभित्रका किसानले पालेका गोरु जुधाउने कार्यक्रमको आयोजना गरिएको नारायण गोपाल युवा क्लवका अध्यक्ष उज्वल गुरुङले बताए ।

क्लवले २०७५ सालदेखि यस कार्यक्रमको आयोजना गर्दै आएको छ । यसरी गोरु जुधाउदा पहाडमा गोरु पाल्ने परम्परा हराउँदै गएर खेतीयोग्य जमिन जोतनका लागि गोरुको अभाव हुने गरेकोले गोरु पालननमा समेत सहयोग मिल्ने र साथसाथै आन्तरिक पर्यटकीय हिसाबले पनि आफ्नो गाउँ ठाउँलाई ठूलो सघाउ पुग्ने भएकाले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।

उक्त प्रतियोगितामा पहिलो हुने गोरुका धनीले नगद १५ हजार र दोस्रो हुने धोरुका धनीले ७ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

२६ पुष २०७९