छठ मनाउन रानीपोखरी उपलब्ध गराउन महानगरपालिकालाई आग्रह


टुरिजम पाना काठमाडाैं । १२ कार्तिक २०७९
ranipokhari

छठ पर्व मनाउनका लागि छठ समारोह समितिले कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनः आग्रह गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन समितिले महानगरपालिकालाई आग्रह गरेको हो ।

यसअघि पनि असाेज ७ गते समितिले पाेखरी उपलब्ध गराइदिन माग गर्दै  महानगरपालिकामा निवदेन दिएकाे थियाे ।

असोजमा दिएको निवेदनको कुनै सुनुवाइ नभएपछि पत्रकार सम्मेलन गरेर काठमाडौं महानगरपालिकालाई रानीपोखरी उपलब्ध गराउन आग्रह गर्नुपरेको समितिका अध्यक्ष मदन साहले बताए ।

रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइदै आएको छ । तर भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय यता छठ मनाउन रोकिएको थियो । यसवर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले रानीपोखरीमा छठ पर्व मनाउने तयारी गरिए पनि महानगरपालिकाले अझै सुनुवाइ नगरेको गुनासो समितिका अध्यक्ष साहले गरेका छन् ।

१२ कार्तिक २०७९