आज रंगहरुको पर्व होली मनाइँदै


टुरिजम पाना काठमाडौं । २२ फाल्गुन २०७९

आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । होलीको अवसरमा पर्यटकको बिशेष चहलपहल हुने बसन्तपुर, भक्तपुर दरबार, पोखरा, चितवन लगायतका ठाउँमा होली बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

२२ फाल्गुन २०७९