नेपालमा फुड कल्चर फेरिएको छ । पहिलेजस्तो मानिसहरूको खानेकुराको शोख घरभित्र मात्र सीमित छैन । अहिले विभिन्न ठाउँमा पुगेर नयाँ–नयाँ खानेकुराको स्वाद लिने र रमाउनेहरूको क्रेज बढेको छ । यसरी खानाको संस्कृति बदलिँदै जानुमा नेपालका फुड ब्लगरहरूको भूमिका पनि उत्तिकै छ ।
खानेकुरामा नै रमाइरहेका फुड ब्लगरमध्ये ‘माई डार्लिङ फुड’ को क्रेज नयाँ पुस्तामाझ बढ्दो छ । ‘माई डार्लिङ फुड’लाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या पनि कम छैन ।
एकजना कलेजकै साथीले एकदिन माई डार्लिङ फुडलाई छुट्टै एकाउन्ट खोलेर खानेकुराका तस्वीरको संग्रह गर्न सल्लाह दिए । साथीको सल्लाह मानिन् र उनले फोटोहरू मिलाएर राख्न थालिन् ।
माई डार्लिङ फुड सन् २०१६ देखि सुरू भएको हो । अनुहार देखाएपनि नाम खुलाउन नमान्ने ‘माई डार्लिङ फुड’ले ख्याल–ख्यालमै ब्लगिङ सुरू गरेको बताउँछिन् ।
‘प्लस टु’ को परीक्षा दिएपछिको खाली समयदेखि उनको ब्लगिङ यात्रा सुरू भएको हो । घरमै बस्दा युट्युब हेर्दै खाना पकाउन रमाइलो मान्ने माई डार्लिङ फुडले पकाएका खानाको फोटो खिच्दै इन्स्टाग्राममा राख्ने गर्थिन् । ‘युट्युबमा रेसिपीहरू हेरेर खाना बनाउने गर्थेँ, खाना बनाइसकेपछि फोटो खिच्न मन लाग्थ्यो’, उनले भनिन्, ‘फोटो खिच्थेँ, फेसबुक, इन्स्टाग्राममा राख्थेँ ।’
यसो गर्दा माई डार्लिङ फुडको सोसल एकाउन्टको प्रोफाइलमा व्यक्तिभन्दा खानेकुराको फोटो धेरै भए । स्नातक सुरू भयो । कलेजमा नयाँ साथीहरू भेट हुन थाले । साथीहरूले माई डार्लिङ फुडको सामाजिक सञ्जालका एकाउन्ट खोलेर हेर्दा खानेकुराको फोटोमात्रै देख्थे । उनीहरूले खाने कुराको फोटोमात्रै कति राखेको भन्दै सोध्थे ।
यस्तैमा, एकजना कलेजकै साथीले एकदिन माई डार्लिङ फुडलाई छुट्टै एकाउन्ट खोलेर खानेकुराका तस्वीरको संग्रह गर्न सल्लाह दिए । साथीको सल्लाह मानिन् र उनले फोटोहरू मिलाएर राख्न थालिन् ।
घरमा पकाएको सहित साथीहरूसँग बाहिर घुम्न जाँदा राखेको खानेकुराको तस्वीरहरूले नै उनलाई फुड ब्लगर बनायो ।
रेस्टुरेन्ट र त्यहाँ पाइने विशेष परिकारको फोटो राखेपछि उनलाई फेसबुक, इन्स्टामा पछ्याउनेहरूले त्यसबारे सोध्न थाले ।
सुरू सुरूमा थोरैले मात्रै उनीबारे चासो राख्थे तर फुडको फोटोहरू राख्दै जाँदा रिप्लाई गरेरै नसकिने गरि म्यासेज आउन थाल्यो । त्यसपछि माई डार्लिङ फुडले रेस्टुरेन्टको लोकेसन, सम्पर्क, मेन्युसहितको डिटेल्स नै पोस्ट गर्न थालिन् ।
धेरैले उनको इन्स्टा एकाउन्टबाट रेस्टुरेन्टहरू बारे जानकारी पाउन थालेपछि उनलाई फलो गर्नेको संख्यापनि बढ्न थाल्यो र रेस्टुरेन्टहरूले प्रमोसनका लागि बोलाउन सुरू गरे ।
लकडाउनका समयमा माई डार्लिङ फुडले १ मिनेट रेसिपी सुरु गरेकी थिइन् । उनले पकाउन मन पराउनेहरूलाई लक्षित गरी टिकटकमा रेसिपीको भिडियो राख्न सुरू गरेकी हुन् ।
ब्लग बनाउने क्रममा उनी प्रायः काठमाडौं, पोखरा र यस आसपास रहेका होटल, रेस्टुरेन्ट, क्याफे पुग्ने गर्छिन् ।
लकडाउनका समयमा माई डार्लिङ फुडले १ मिनेट रेसिपी सुरु गरेकी थिइन् । उनले पकाउन मन पराउनेहरूलाई लक्षित गरी टिकटकमा रेसिपीको भिडियो राख्न सुरू गरेकी हुन् ।
‘युट्युबमा २०/२५ मिनेटका भिडियो हुन्छन्, लामो भिडियो हेरिरहन मन नपर्नेलाई भनेर १ मिनेट रेसिपी सुरू गरेकी हुँ,’ उनले भनिन् ।
माई डार्लिङ फुडलाई घरमै थरि थरिका परिकार बनाएर खान मन पर्छ । घरमा सबै खानाका पारखी भएका कारण पनि आफ्नो ब्लगिङ यात्रा सुरू भएको उनी बताउँछिन् ।
टिकटकमा माई डार्लिङ फुडको ७० हजार, इन्स्टाग्राममा ७३ हजारभन्दा धेरै फलोअर्स छन् । उनी भन्छिन्, ‘ब्लगर नै हुन्छु भनेर सुरू गरेको त थिइनँ तर अहिलेसम्म राम्रो भइरहेको छ ।’
सामाजिक सञ्जालमा सकारात्मक तथा नकारात्मक दुवै थरीका कमेन्ट आउँछन् । फुड ब्लगरहरूलाई पैसा लिएर ‘फेक प्रमोसन’ गर्ने गरेको आरोप पनि लगाउँछन् नी भन्ने प्रश्नमा उनले भनिन्, ‘इन्फ्लुएन्सर भएपछि यस्तो आरोप त लागिहाल्छ । हामी रेस्टुरेन्ट भिजिट गर्न जान्छौं, त्यहाँ खानेकुरा सबै मिठो नै हुन्छ, म खानेकुरा जस्तो छ, त्यस्तै भन्छु, नमिठो लागेको भेराइटीको प्रमोसन नै गर्दिनँ ।’
नयाँ ब्लगरहरूलाई माई डार्लिङ फुडले अरुको नक्कल नगर्न सुझाव दिन्छिन् । ब्लग बनाउँदा फाइदा मात्रै हुन्छ भन्ने सोच्न नहुने उनको भनाइ छ । उनी भन्छिन्, ‘अरुको देखेर त्यस्तै बन्छु भन्नु हुँदैन, बि योरसेल्फ ।’
हाल एमबिएमा स्नातकोत्तर गर्दै गरेकी माई डार्लिङ फुडले ब्लगिङलाई नै निरन्तरता दिइरहने मुडमा छिन् । ‘अहिले पढाई भइरहेको भएर खासै समय दिन सकेको छैन, तर फुड ब्लगिङ बीचमै छोडेर हिँड्दिनँ’, उनले भनिन् ।
उनले इन्स्टामा भिडियो बनाएर पोस्ट गर्न थालेको सन् २०१९ पछि मात्रै हो । माई डार्लिङ फुडले ब्लग सुरू गर्दा नेपाल डट फुड लगायतका एक दुई जना ब्लगरहरू थिए । तर पछिल्लो समय ब्लग बनाउने धेरै बढ्दै गइरहेका छन् ।
नयाँ ब्लगरहरूलाई माई डार्लिङ फुडले अरुको नक्कल नगर्न सुझाव दिन्छिन् । ब्लग बनाउँदा फाइदा मात्रै हुन्छ भन्ने सोच्न नहुने उनको भनाइ छ । उनी भन्छिन्, ‘अरुको देखेर त्यस्तै बन्छु भन्नु हुँदैन, बि योरसेल्फ ।’