नुवाकोटको विभिन्न ठाउँमा जुधाइयो गोरु


टुरिजम पाना नुवाकोट । २ माघ २०७९

माघे संक्रान्तिका अवसरमा नुवाकोटको विभिन्न स्थानमा गोरु जुधाईको आयोजना गरिएको छ। यसपटक तारुकामा १६ हल गोरु जुधाइएको छ। यहाँ ३५ वर्षदेखि गोरु जुधाई मेला आयोजना हुने गरेको छ। तारकेश्वर गाउँपालिका ३ चन्दनीमा यस पटक महोत्सवका रूपमा गोरु जुधाई मेला गरिएको हो।

यस्तै पन्चकन्या गाउँपालिका ३ पिपलडाँडामा ११ हल गोरु जुधाइएको छ भने विदुर नगरपालिका १० बेत्रावतीमा यस वर्ष ९ हल गोरु जुधाइएको छ। मेला अवलोकन गर्न नुवाकोटसहित रसुवा, काठमाडौं, धादिङ, गोरखा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेबाट समेत आएका थिए ।

यस्तै तनहुँको बन्दीपुर र धादिङ लगायतका केही जिल्लामा गोरु जुधाईएको थियो ।

यस्तै लमजुङको राइनास नगरपालिका ८ रयलेटार भेटघाट चोकमा पनि गोरु जुधाईएको छ । राइनास नगरपालिका ८ को सहयोगमा गोरु जुधाउने प्रतियोगिता गरिएको हो । किसानहरुले स्वतःस्फूर्त ३ वर्षदेखि उक्त ठाउँमा गोरु जुधाउँदै आएका छन् ।

२ माघ २०७९