नेपालमा जुलाई महिनामा ६४ हजार ५ सय ९९ जना पर्यटक भित्रिएका छन् ।
बोर्डका निर्देशक मणिराज लामिछानेले अनुसार नेपालमा गत वर्षकाे तुलनामा २०२४ को जुलाई महिनामा पर्यटक आगमन बढि भित्रिएका छन् । २०२३ को तुलनामा कुल ११.९१ प्रतिशत बढी पर्यटन आएका हुन् ।
उनका अनुसार २०१९ को तुलनामा ९१.०९ प्रतिशतले पर्यटक आगमनमा पुनरुत्थान भएको तथ्याङ्कले देखाएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार भारतबाट २१ हजार ४ सय ९१, अमेरिकाबाट ७ हजार ८ सय ६४ चीनबाट ६ हजार ८ सय १९, बंगलादेशबाट ३ हजार ४ सय ७०, बेलायत (युके) बाट ३ हजार ८ सय ६, अष्ट्रेलियाबाट एक हजार ९ सय ०१, भुटानबाट एक हजार २ सय ७, मलेसियाबाट एक हजार १ सय २५, जापानबाट ९ सय १ सय १४ र दक्षिण कोरियाबाट १ हजार ५ सय ३७ जना पर्यटक नेपाल आएका हुन् ।
शीर्ष दश टुरिस्ट जेनरेटिङ मार्केटहरुमा गरिएकाे आकँडा अनुसार पहिलो नम्बरमा भारत, दोस्रो अमेरिका, तेस्रोमा चीन, बेलायत (युके), बंगलादेश, अष्ट्रेलिया, दक्षिण कोरिया, भुटान, मलेसिया, जापान रहेको लामिछाने बताउँछन् ।
बोर्डका अनुसार गत महिना ६२ हजार २ सय २८ जना पर्यटक नेपालबाट बाहिरिएका छन् ।