पाली कांग्रेसका सांसद उदय शमशेर जबराले ट्रेकिङ एड्भेन्चर टुरिजम नेपालको निम्ति पहिलो प्राथमिकतामा पर्दै आएको बताएका छन् । बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै जबराले यसलाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन्।
उनले एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईंकुण्ड, लाङटाङ भ्यालीलाई अझ बढी व्यवस्थित बनाउन आग्रह गरे । भारत र चिनियाँ पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘अहिले ट्रेकिङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति एक नम्बरको प्राथमिकतामा परेको सबैभन्दा बढी टुरिस्टहरू पनि यही कारण आउने गरेका छन् । यो ट्रेकिङ जानको निम्ति चार वटा प्रायोरिटी छ । एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईंकुण्ड, लाङटाङ भ्याली नै हुन् । कतिपय टुरिस्टहरू नेपालमा आएर हाइकिङ जाने चाहना छ । विशेष गरेर भारत र चिनियाँ पर्यटकको । उहाँहरूसँग समय हुँदैन । काठमाडौँ आइसकेर एभरेस्ट बेसक्याम्प गएर फर्किनको निम्ति उहाँहरूले तीनदेखि ४ हप्ताको बिदा लिएर आउनुपर्छ ।’