टुरिस्ट गाइडदेखि बारिस्टासम्म ३६० जनालाई तालिमको अवसर, नाथमले माग्यो आवेदन


टुरिजम पाना काठमाडौँ । २१ फाल्गुन २०८१

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० ले टुरिष्ट गाइडदेखि बारटेन्डिङसम्म ३६० जनालाई तालिम दिने भएको छ।

गोरखापत्रमा सूचना प्रकाशित गर्दै नाथमले टुरिस्ट गाइडमा २०० जना, कुकमा ४० जना, बेकरीमा ४० जना, बारिस्टामा ४० जना र बारटेन्डिङमा ४० जनालाई तालिमका लागि दरखास्त आह्वान गरेको हो।

टुरिस्ट गाइडका लागि दस हप्ताको तालिम अवधी, ‍कुक तीन महिना तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि एकेक महिनाको रहने नाथमले जनाएको छ।

तालिम शुल्क टुरिस्ट गाइड र कुकका लागि २५/२५ हजार तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि २०/२० हजार तोकिएको छ।

टुरिस्ट गाइडका लागि न्यूनतम योग्यता स्नातक वा सो सरह तोकिएको छ भने बाँकी चार विधाका लागि एसइई वा सोसरह तोकिएको छ।

तालिमका लागि दरखास्त दस्तुर ५०० रूपैयाँ तोकिएको छ। इच्छुक र योग्यता पुगेकाहरूले अनलाइनमार्फत फाराम भर्न सक्नेछन्।

२१ फाल्गुन २०८१