पोखराबाट लेखनाथ छुट्याउने चुनावी नारा


टुरिजम पाना कास्की । २५ कार्तिक २०७९
majhikuna lekhnath photo by Nibesh Baral
तस्वीर: निवेश बराल/टुरिजम पाना

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य श्रीनाथ बरालले पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउनुपर्ने बताएका छन् ।

राज्यको पुन संरचना जनताको घरदैलोमा सेवा दिन गरिएको भन्दै बरालले पोखरा महानगरमा पछि थपिएका वडाको भूगोल ठूलो हुँदा सेवाग्राही समस्यामा रहेको भएकोले पोखरा महानगरपालिकाबाट लेखनाथ छुट्याउनुपर्ने उद्घोष गरे । ‘राज्यको पुनसंरचना जनतलाई घरदैलोमै सेवा दिन गरिएको हो’ उनले भने, ‘कास्कीमा स्थानीय तह कम हुँदा सुविधा लिन नै टाढा धाउनुपर्ने बाध्यता छ ।

यस अगाडिका जनप्रतिनिधिले यस विषयमा जनताको आवाजलाई सुन्ने प्रयास गरेनन् । उनले आफूलाई जनताले मत दिएर जिताएको खण्डमा दलहरुलाई कन्भिन्स गरेर कास्कीमा स्थानीय तह थप्ने विश्वास पनि दिलाए । हाल कास्कीमा जम्मा पाँच वटा स्थानीय तह रहेका छन् ।

२५ कार्तिक २०७९