भरतपुर विमानस्थलले राेक्याे विद्यालय भवन निर्माण


टुरिजम पाना चितवन । २९ मंसिर २०७९
pragya academy

मेघौली विमानस्थलमा जहाज अवतरण गर्ने मुख्य क्षेत्रमा भवन निर्माण गरिएको भन्दै भरतपुर विमानस्थलले भरतपुर महानगरकाे वडा नं. २७ पर्साढापमा बन्दै गरेको प्रज्ञा एकेडेमीको भवन निर्माणको काम रोकेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुमतिबिना नै विमानस्थलबाट ७ सय मिटरनजिकै मापदण्ड र समन्वय नगरी ६ तले भवन बनाइएको भन्दै रोक लगाइएको भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिएका छन् । विकका अनुसार अहिले भवनकाे चार तला बनिसकेको छ ।

प्राधिकरणको प्राविधिक टाेलीले रिपोर्ट नदिइन्जेल भवनको काम रोकिएको उनले बताए । एकेडेमीको भवनको नक्सापासका बारेमा विमानस्थललाई महानगरले जानकारी पनि नगराएको विमानस्थल प्रमुख विककाे भनाइ छ ।

घाँसे रनवेबाट स्तरोन्नति गरी पिच गराउन नेपाल सरकारले स्वीकृति दिइसकेकाले विमानस्थलमा नियमित उडान हुने र उडान सुरू भएसँगै जोखिम बढ्ने भएकाले काम रोकिएको हो ।

२९ मंसिर २०७९