पोख्रेली खेल पर्यटनको महत्त्वपूर्ण अङ्ग ‘आहा रारा गोल्ड कप’ शुरु


टुरिजम पाना पोखरा । १५ पुष २०७९

पर्यटकीय नगरी पोखराको खेल पर्यटनमा टेवा पुर्‍याउने आहा रारा गोल्ड कपको २२औँ संस्करण शुरु भएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा सुरु प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।

विगत २ दशकदेखि निरन्तर आयोजना गरिदैं आएको यस प्रतियोगिताले खेल पर्यटनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आईरहेको छ । बिहिबारबाट शुरु भएको प्रतियोगितामा एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता २३ पुससम्म चल्नेछ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख, उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटरसँगै उत्कृष्ट पाँच विधाका खेलाडीहरूले नगदसँगै ट्रफी पुरस्कार पाउनेछन्।

 

 

१५ पुष २०७९