कृष्ण न्यौपाने
नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न बिहीबार अनुमति दिएको हो ।
कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशतका दरले हुन आउने ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।