आईपीओ जारी गर्दै बन्दिपुर केवलकार


टुरिजम पाना संवाददाता बन्दिपुर । १६ चैत्र २०७९

बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २५ लाख ८० हजार कित्ता निष्काशन गर्ने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय,हात्तिसार, काठमाडौंमा नेपाल एसबिआई मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फ बाट अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

त्यस अनुसार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्पुर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

 

१६ चैत्र २०७९