अन्नपूर्ण गाउँपालिकाका युवालाई ट्रेकिङ गाइड तालिम


टुरिजम पाना कास्की । १४ चैत्र २०७९

कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवालाई लक्ष्य गरी सोमबारदेखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आयोजना र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राबिधिक सहयोगमा सोमबार देखि ट्रेकिङ गाइड तालिम सुरु भएको हो । १५ दिनसम्म संचालन हुने तालिममा ११ वटै वडाका युवाहरु सहभागी रहेका छन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु भएको तालिममा पदयात्रासँग सम्बन्धित बिभिन्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाइनेछ । गाउँपालिका क्षेत्रभित्र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवालाई पर्यटन र रोजगारसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ ।

अन्नपूर्ण आधार शिविर, घान्द्रुक जस्ता पर्यटकीय गन्तब्य रहेको पालिकामा पहिलो पटक गाउँपालिकाले स्थानीय स्तरमै निशुल्क रुपमा तालिम आयोजना गरेको हो ।

१४ चैत्र २०७९