भ्यालेन्टाइनस डे मा प्रेम संकेतको झिलिमिली (फोटो)


टुरिजम पाना काठमाडौं । २ फाल्गुन २०७९

आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस मनाईएको छ ।

नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाए । भ्यालेन्टाइन्स डेलाई विशेष गरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा लिने गर्दछन् ।

यसै अवसरमा शहरका पार्क, रिसोर्ट, रेस्टुरेन्ट, सडकहरू पनि प्रेम संकेतले सजिएका छन् । जहाँ प्रेम जोडीले समय बिताउने गर्दछन् । युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर सुरु हुने यो दिवस उपहारसँगै प्रेम साटेर सकिन्छ ।

 

२ फाल्गुन २०७९