भक्तपुरको नःपुखुमा ‘वाटर साइक्लिङ’, कति लाग्छ शुल्क ?


टुरिजम पाना संवाददाता भक्तपुर । १० भाद्र २०८०
तस्वीर: रासस

भक्तपुर नगरपालिका-१ इताछेँस्थित नःपुखुमा आजबाट पानीमाथि चलाउने ‘वाटर साइकल’ शुभारम्भ गरिएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको वाटर साइकलको भक्तपुर नगरपालिका–१ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरे ।

टी एण्ड एन एडभेन्चर कम्पनीले भक्तपुर नगरपालिकाको समन्वयमा नःपुखुमा पोखरीमा वाटर साइकलिङ सञ्चालनमा ल्याएको हो । एउटा वाटर साइकलमा एक पटकमा दुई जना बस्न सकिने कम्पनीका सञ्चालक सुजन तिमिल्सिनाले जानकारी दिए ।

बाइकमा एकजना बराबर १५ मिनेटको दुईसय शुल्क लाग्छ । रासस

१० भाद्र २०८०