मत्स्येन्द्रनाथको भोटो जात्राका दिन आइतबार सार्वजनिक बिदा हुने भएको छ ।
साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राकाे अवसरमा काठमाडौं, ललितपु र भक्त्तपुरमा जिल्लाहरुमा सार्वजनिक बिदा दिने गृह मन्त्रालयले निर्णय गरेकाे छ ।
गृह मन्त्रालयले जारी गर्दै २०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा साउन २० गते आइतबार ललितपु र भक्त्तपुरमा पनि विदा दिने निर्णय भएकाे हाे ।
“२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” गृहले जारी गरेको भनिएको छ ।