विराटनगरबाट काठमाडौँका लागि उडान भर्न लागेको बुद्ध एयरको विमानमा वर्ड स्ट्राइक हुँदा उडान प्रभावित भएको छ । शुक्रबार साँझ ७:४० बजेका लागि तय भएको बुद्ध एयरको बिराटनगर-काठमाडौँ यु४-७१४ नम्बरको उडान प्रभावित भएको हो ।
काठमाडौँबाट बिराटनगर आउने क्रममा चरासँग ठोकिएको र जहाज जाँचको काम भैरहेको बुद्ध एयरका अधिकारीले जानकारी दिए । यस अगाडि यु४-७१४ र यु४-७१६ सम्योजन गरी ७:४० को समय तय गरिएको थियो ।
अपडेट:
२३:११ जहाजको सुरक्षा जाँच पछि काठमाडौँ उडाउने तयारी, यात्रुहरुलाई जहाजमा रखियो ।