पोखरामा सडक महोत्सवको तयारी पूरा, पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास


टुरिजम पाना पोखरा । १२ पुष २०७९

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक बर्ष गरिदैं आएको पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराको आयोजनामा बुधबारदेखि २४ औं संस्करणको महोत्सव सुरु हुँदै छ । महोत्सव ५ दिनसम्म चल्नेछ ।

सडकमै खाऔं, सडकमै नाचौं र रमाऔं भन्ने नारासाथ आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेवान पोखराले महोत्सव गर्दै आएको छ । लेकसाडइको फिस्टेल गेटदेखि खहरेचोक हुँदै जरेवरसम्म हुने महोत्सवको तयारी पूरा भएको आयोजक रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । कोरोनापछि शून्य रहेको पर्यटन क्षेत्रलाई महोत्सवले चलायमान बनाउने विश्वास उनले गरे ।

यसका साथै लोपोन्मुख भेषभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र प्रवर्द्धन, पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, आर्थिक क्रियाकलाप अभिवृद्धि तथा समग्र आर्थिक विकास र समुन्नतिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडकमा दैनिक राई र लिम्बूको च्याब्रुङ र साकेला नृत्य, भैरव पूजा, तयामचा, लाखे, घाँटु, सोरठी, छेडु, तामाङ सेलो, कौरा, मारुनी, रोदी, झाम्रो नाँच देखाइनेछ ।

१२ पुष २०७९