नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद गगन कुमार थापाले स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका छन् । स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनको उद्घाटको क्रममा स्याङ्जा पुगेका महामन्त्री थापाले सम्मेलन सकेर नजिकै रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको दर्शन गरेका हुन् ।
मन्दिरका विधिवत पुजा गर्दै महामन्त्री थापाले नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर नेपालमै पहिलोपटक नवग्रह मन्दिर निर्माण गर्न सफल भएकोमा पालिका अध्यक्ष प्रकाश तिवारीलाई बधाई समेत ज्ञापन गरे ।
स्थानीयहरुको श्रमदानबाट यत्रो ठूलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबद्र्धनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने थापाको भनाइ थियो । थापासँगै नवग्रह मन्दिरको दर्शनमा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापा, नेपाली कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति सभापनि केदार काफ्ले, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख लगायतका व्यक्तिहरु सहभागी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए ।
नवग्रह मन्दिरको दर्शनपछि महामन्त्री थापा दक्षिण एसियाकै पहिलो होमस्टे सिरुवारी पुगेका छन् ।