नेपालमा हवाई सेवाको इतिहास


सुनिल उलक काठमाडौं । २ मंसिर २०७९
Royal Nepal Air
तस्वीर स्रोत: फोटो म्युजियम नेपाल

भारतको उडिसा प्रान्तमा रहेको मयुरभञ्ज राज्यका राजकुमार प्रदिप चन्द्र भञ्जदेवसंग राजा त्रिभुवनको कान्छी छोरी भारती राज्य लक्ष्मीको कलकत्तामा दरभंगाका राजा कामेश्वर सिंहको पहलमा उनकै महल दरभंगा हाउसमा २००८ माघ २५ गते (सन १९५२ फेब्रुअरी ८) मा भएको थियो ।

नेपालको राजघराजासंग गाँसिए पछि सम्पन्न र शक्तिशाली राज्यका राजकुमारलाई राजा महेन्द्रले आफ्ना ज्वाइ प्रदिप चन्द्र भञ्जदेवलाई नेपालमा नीजि विमानसेवा सञ्चालनका लागि अनुरोध गरेका थिए । राणाशासनबाट मुक्त भए पनि देशमा आएको प्रजातन्त्रको राम्रो सदुपयोग त्यसबेलाका नेताहरुले गर्न सकेका थिएनन् । आपसी द्वन्दले कुनै पनि सरकार लामो समयसम्म टिक्न पनि सकेका थिएनन् । जसले गर्दा देशको आर्थिक अवस्था सुदृढ हुन सकेको थिएन । भर्खरै राजा बनेका महेन्द्रले भारतको शक्तिशाली र सम्पन्न राजा प्रतापचन्द्र भञ्जदेवका छोरा राजकुमार प्रदिप चन्द्र भञ्जदेवलाई अनुरोध गरेका थिए ।

राजकुमार मानसिक रुपले तैयार भए पछि राजा महेन्द्रले त्रिपुरेश्वरमा रहेको अतिथी गृहमा राजकुमारलाई बस्ने प्रबन्ध मिलाइ विमानसेवा स्थापनाका लागि बिभिन्न अनुष्ठान गर्ने ब्यबस्था समेत राजा महेन्द्रले मिलाइदिएका थिए । तन्त्रमा विश्वास गर्ने राजकुमारले उडिसाबाट केही तान्त्रिक ल्याएका थिए भने राजा महेन्द्रले काठमाडौमा रहेका गुभाजुहरुलाई पनि अनुष्ठानका लागि खटाएका थिए ।

श्वेत भैरवको साधना गरि विमान सेवाको शुभारम्भ गरेको हुँदा श्वेतभैरवलाई नै विमानको चिन्हको रुपमा राखियो । साथै मयुरभञ्जको राजकीय परिवारबाट स्थापना भएको हुँदा Royal Nepal Airlines नाम दिइएको विमान कम्पनीमा नेपाल सरकारको ५१ प्रतिशत स्वामित्व थियो भने राजकुमार प्रदिपचन्द्रको ४९ प्रतिशत स्वामित्व थियो । वास्तवमा Royal उनको राजघरानाका रुपमा राखिएको थियो । तर पछि यो नाम नेपालीकरण गर्दा शाही नेपाल वायुसेवा निगम भयो । नेपालमा डिसी ३ विमान ल्याइयो ।

पहिलो उडानमा पाइलट थिए ( बंगाली बेलायती पाइलट बब डब्लु चाटर चटर्जी), को पाइलट थिए । टिएस जान्लट, रेडियो अफिसर पिके सोम तथा परिचारकका रुपमा पुरी नाम गरेका थिए । एयरलाइन्सको जनरल मेनेजर भने राजकुमार प्रदिप चन्द्र भञ्जदेव नै थिए । विमान कम्पनीको विधिवत उद्घाटन २०१५ असार ४ गते रोयल नेपाल एयरलाइन्सको पहिलो ब्यबसायिक उडान पटनाको उडानबाट भएको थियो । दोश्रो उडान असार ५ गते गरेको थियो भने ६ गते भैरहवा र बिराटनगरको दुइ उडान गरेको थियो । यसरी रोयल नेपाल एयरलाइन्सको शुरुवात भएको थियो । यसअगाडि पनि विमानले सेवा दिन थालिसकेको थियो ।

यसको करिव एक वर्ष पछि देशमा प्रजातान्त्रिक सरकार बन्यो यातायात मन्त्री बने गणेशमान सिंह । गणेशमानकै कार्यकालमा भारतबाट पाइलट पढेर भर्खरै आइपुगेका बद्रीकृष्ण श्रेष्ठले पाइलटका लागि रोयल नेपाल एयरलाइन्समा निवेदन दिन गए । तर जनरल मेनेजर रहेका राजकुमार प्रदिपचन्द्रले अस्विकार गरि फिर्ता पठाए । यो कुरा यातायात मन्त्री रहेका गणेशमान सिंहसम्म पुग्यो । गणेशमानले तत्कालै नियुक्तिका लागि राजकुमारलाई नेपालीमा लेखिएको चिट दिएर पठाए । तर राजकुमार प्रदिपचन्द्रले उल्टै मन्त्रिलाई अंग्रेजीमा अनुवाद गरेर पठाउनु भनेर चिट फर्काइ दिए । यसपछि रिसले गणेशमानसिंहले तत्कालै क्याबिनेटको बैठक बोलाएर नेपाल एयरलाइन्स राष्ट्रियकरण भएको निर्णय गराए । केही दिन पछि राजकुमार प्रदिपचन्द्रलाई नेपाल एयरलाइन्सबाट सदाका लागि छ्ट्टी दिइयो । यसको केही समय पछि अमेरिकी सरकारले अरु तीन वटा विमान नेपाल सरकारलाई निःशुल्क दियो ।

यसरी लगानी गर्ने समय पैसा नभएर मयुरभञ्जका राजकुमार प्रदिपचन्द्रलाई लगानी गर्न लगाइ रोयल नेपाल एयरलाइन्सको स्थापना गरियो । अन्त्यमा प्रजातान्त्रिक सरकारका मन्त्रीले पाइलटमा जागीर नदिएको झोंकमा बिदेशीले स्थापना गराइदिएको एयरलाइ्न्सलाई राष्ट्रियकरण गरिदियो । अमेरिकी सरकारलाई दोश्रो विश्व युद्धको समाप्ती पछि आफूसंग रहेको ३००० भन्दा बढि रहेको युद्धकालमा सामग्री ओसार्ने विमान डिसी ३ जहाजलाई के गर्ने भन्ने चिन्ता लाग्न थालेको थियो ।

अन्त्यमा ती विमानहरुको ब्यबस्थापनका लागि एउटा योजना अघि बढ्यो जसका अनुसार अमेरिकी सरकारले सस्तोमा र उपहारमा जहाज बेच्न र बाँड्न थाले । कतिपय भारतीय नवधनाध्य तथा राजा रजौटाहरुले पनि डिसी ३ खरिद गरे । यहि डिसी ३ नेपालकै लखेटिएका राणा महाविर शम्शेरले पनि खरिद गरेर नेपालमा हिमालयन एभियशन नामबाट हवाइ यातायात सञ्चालन गरेका थिए । त्यस्तै दरभंगामा महाराजा कामेश्वर सिंहले पनि नेपालमा दरभंगा एभिएशन नामबाट हवाइ यातायात चलाएका थिए । नेपालमा पनि नेपालको शाही परिवारको ज्वाइ (राजकुमारी भारतीका श्रीमान) तथा भारतको मयुरभञ्जका राजकुमार प्रदिपचन्द्र भञ्जदेवले विमानसेवाको शुरुवात गरिदिएका थिए ।

२ मंसिर २०७९