नेपालको पर्यटन उद्योगको विकासका लागि अन्तक्रिया कार्यक्रम


टुरिजम पाना काठमाडौं । ६ फाल्गुन २०७९

एनआरएनए नेपाल पर्यटन प्रवर्द्धन समितिले नेपालको पर्यटन उद्योगको विकास : सफलताका लागि सहकार्य बिषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा समितिले नेपालको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको एनआरएनए नेपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, सचिव सुरेश अधिकारी, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धननज्य रेग्मी, युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम अध्यक्ष दिपेशमान शाक्य सहित पर्यटन सम्बद्ध विभिन्न २८ संघसंस्थाका प्रतिनिधिहरुबीच छलफल हुने सापकोटाले बताए ।

यस्तै कार्यक्रममा कतार, डेनमार्क, बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, म्यानमार, इजरायल, स्वीजरल्याण्ड, बंगलदेश र अष्टेलियाका पूर्व राजदुतहरुलाई समेत आमन्त्रण गरिएको छ । खासगरी राजदुतहरुले विदेशमा रहेर जिम्मेवारी सम्हाल्दा नेपालको पर्यटन प्रवर्द्धनका लागि के गर्नुभयो र भविष्यमा एनआरएनसँग समन्वय गरेर कसरी काम गरेर नेपालको पर्यटन प्रवर्द्धनमा के गर्न सकिन्छ ?, भन्ने बिषयमा समिक्षा गरिने सापकोटाले बताए ।

यसरी कार्यक्रमबाट निस्केका निष्कर्षले नेपालको पर्यटन प्रवर्द्धन महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ । कार्यक्रम आगामी सोमबार नेपाल पर्यटन वोर्डमा हुनेछ ।

६ फाल्गुन २०७९