आईफोनबाट फोटो भिडियो खिच्ने तालिम, कसरी सहभागी हुने ?


टुरिजम पाना संवाददाता काठमाडौं । २८ श्रावण २०८०

आइडिया मिडिया ट्रेनिङ नेपालले आईफोन फोटो भिडियो कोर्स सञ्चालनमा ल्याउने भएको छ ।

फोटो तथा भिडियोमा दक्ष बन्न चाहनेहरूलाई लक्षित गर्दैं कम्पनीले कक्षा सञ्चालन गर्न लागेको हो । ककम्पनीका अनुसार आगामी भदौ ४ गतेबाट बिहान र साँझ दुई समयमा कक्षा सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७ बजेसम्म कक्षा सञ्चालन हुनेछ ।

एक महिना अवधिको यो कोर्सका लागि अहिले धमाधम तयारी भइरहेको कम्पनीले जनाएको छ । सीट सीमित भएकाले छिटो आवेदन दिन कम्पनीले भनेको छ ।

कोर्षमा आईफोन फोटोग्राफी, आईफोन फोटो इडिटिङ, आईफोन सिनेमाटोग्राफी, फोन जिम्बल, मोबाइल भिडियो इडिटिङ, ब्यासिक लाइटिङ लगायतका विषयमा तालिम दिइने कम्पनीले जनाएको छ ।

आईफोन तथा अन्य स्मार्टफोन प्रयोगकर्तालाई मात्र नभएर ट्राभलर, व्यवसायङ, सोसल मिडिया इन्फ्ल्युयन्सर, कन्टेन क्रियटर लगायतलाई यो कोर्स सहयोगी हुने कम्पनीले जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको आईडिया मिडिया ट्रेनिङ नेपाललाई ९८०३२२२९९३ र ०१५२४४७८९ मा कल गरेर थप जानकारी लिन सकिनेछ ।

२८ श्रावण २०८०